काठमाडौं, १४ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उहाँलाई भक्तपुरको गुण्डुस्थित निवासबाट शनिबार बिहान नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार पक्राउ गर्नुअघि उहाँलाई जरुरी पक्राउ पुर्जी थमाइएको थियो ।
यस्तै, पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले पक्राउ गरेको छ । उहाँलाई भक्तपुरकै कटुञ्जेस्थित निवासबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरी स्रोतका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको घटनाबारे गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा दुबै नेताहरूलाई पक्राउ गरिएको हो ।
यसअघि दुबै नेतामाथि अनुसन्धान अघि बढाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गृहमन्त्री सुदन गुरुङबीच छलफल भएको बताइएको छ ।
सोही छलफलपछि गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई आवश्यक कारबाहीका लागि निर्देशन दिनुभएको स्रोतको दाबी छ ।
दुबै नेताको पक्राउसँगै राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया आउने क्रम सुरु भएको छ भने घटनाक्रमले राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ ।







प्रतिक्रिया