डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, १० चैत्र ।  डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका(३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो ।

दुर्घटना राति करिब रााढे १२ बजे भएको हो । प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं। को बोलेरो जिप घुम्तीबाट खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ । मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । जिप मृतक सुबोध रोकायाले चलाउनुभएको थियो ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार  ०७ : २९  बजे