काठमाडौं, ६ चैत्र । वर्षाका कारण यातायात प्रभावित भएपछि नारायणघाट–बुटवल सडकखण्डमा आजबाट तीन दिन रातको समयमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नारायणगढ–बुटवल सडक आयोजना (पश्चिम खण्ड) कार्यालयले आज एक सूचना जारी गरी चैत ६ गतेदेखि ८ गतेसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा ती सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको जनाएको छ। अहिले सो क्षेत्रमा वर्षाका कारण सडक चिप्लिएकाले यातायात प्रभावित भएको छ।







प्रतिक्रिया