इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गर्‍यो

काठमाडौं, ६ चैत्र ।  इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ परेको जानकारी दिएको छ । पक्राउ परेका व्यक्ति अमृत झा रहेका र पक्राउ परेको कारणबारे अरू विस्तृत विवरण खुलिसकेको छैन ।
परराष्ट्र मन्त्रालयको पश्चिम एशिया महाशाखाका प्रमुख रामकाजी खड्काले होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा इरानले जहाजका सबै ‘क्रु’ मेम्बरलाई समातेको र त्यहीक्रममा एक नेपाली परेको बताउनुभएको छ । मध्यपूर्वमा तनाव चर्किएसँगै हर्मुज क्षेत्र इरानको नियन्त्रणमा छ ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार  १६ : ३५  बजे