खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

काठमाडौं, ४ चैत्र। खोटाङको केपिलासगढी गाउँपालिका२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गर्नुभएको छ। दुर्घटनामा कसैको पनि हताहती नभएको उहाँको भनाइ छ । केपिलासगढी गाँउपालिका–२ का वडाअध्यक्ष मिलन राईले दुर्घटनामा एकजना घाइते भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकजना घाइते भएको भन्ने आएको छ । म केही समयमा घटनास्थल पुग्छु ।’

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार  १२ : ४८  बजे