काठमाडौं, ३ चैत्र । मोरङको मनमोहन टेक्निकल इन्टच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावासमार्फत चासो देखाएपछि गृहमन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।
चीनले औपचारिक चासो देखाएपछि नेपाल सरकारले अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको हो ।गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।
उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौंस्थितचीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । गृहमन्त्रालयले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो ।गृह मन्त्रालयले घटनाको वस्तुगत अनुसन्धान गर्न र संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन मोरङका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालयलाई समेत स्पष्ट निर्देशन दिएको छ।







प्रतिक्रिया