नागरिक उन्मुक्ति पार्टीद्वारा समर्थन फिर्ता

धनगढी, २० असार । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई हिजो पदबाट बर्खास्त गर्नुभएको थियो । आफ्नो पार्टीको मन्त्री हटाइएपछि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई…