काठमाडौं, २० असोज । सुदन गुरुङको टीमले धम्क्याएपछि काठमाडौं प्रहरी परिसरले आफ्ना सबै वृत्तलाई हाइ अलर्टमा राखेको छ । साथै, सम्पूर्ण बिटबाट प्रहरीहरू वृत्तमा तानिएका छन् ।
हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङसहितको टोली पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न भद्रकाली पुगेको थियो ।जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गर्यो । त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ’ भन्दै गुरुङको टिम धम्क्याएर हिँडेको थियो ।
असुरक्षित बनेपछि प्रहरीले सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई वृत्तमा तानेको हो । काठमाडौं उपत्यका प्रहरीको ‘भिक्टर कन्ट्रोल’ कल साइनबाट बेलुकी साढे ७ पछि बिटका प्रहरी रिजर्भ फोर्सका लागि फिर्ताको आदेश भएको छ ।
काठमाडौं उपत्यकामा ६० वटा युनिट छन् । एक प्रहरी अधिकारीका अनुसार, ‘बिटमा जनशक्तिका हिसाबले पनि थोरै हुने र साथै त्यहाँ साधन स्रोत पनि त्यहीअनुसारको हुने भएकाले फिर्ता बोलाइएको हो ।








प्रतिक्रिया