मौसम सुधार नआएपछि बुद्ध एयरका सबै उडान रद्द

काठमाडौँ । मौसममा सुधार नआएपछि बुद्ध एयरले आजका सबै उडानहरू रद्द गरेको छ। कम्पनीले जारी गरेको सूचनामा देशभरको मौसममा सुधार नआएकाले शनिबारका लागि तय गरिएका सम्पूर्ण उडान सञ्चालन गर्न नसकिएको उल्लेख छ ।

बुद्ध एयरले  उडान पुनः निर्धारण वा रिफन्डका लागि आफ्नो ट्राभल एजेन्सी, अनलाइन पोर्टल वा कल सेन्टरमा सम्पर्क गर्न सम्बन्धित यात्रुलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार  १५ : ४०  बजे