मौसम नखुलेसम्म आन्तरिक उडान नहुने, साढे १२ बजेसम्म २१ उडान रद्द

काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द गरिएको छ । मौसम नखुलेसम्म उडान गर्न अनुमति नदिने निर्णय भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

खराब मौसमका कारण अहिले आन्तरिक उडान स्थगित भएको छ।  मौसम नखुल्दासम्म यो काम रहिरहने छ’, उनले भने । शनिबार मध्याह्न साढे १२ बजेसम्म त्रिभुवन विमानस्थलबाट विभिन्न सहरमा हुने २१ आन्तरिक उडान रद्द भएका छन् । यस्तै अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालनमा रहेको शेर्पाले बताए ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार  १२ : ४५  बजे