काठमाडौं, १८ असोज । सरकारले उपत्यका भित्रिने बाहिरिने सवारी ३ दिनका लागि बन्द गरेको छ। देशका अधिकांश स्थानमा बर्षा हुन थालेको र भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान गरेपछि ३ दिन यातायात बन्द गरि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन असोज १८, १९ र २० गतेका लागि आवातजावत बन्द गरिएको प्राधिकरणले जनाएको छ।
18
Shares








प्रतिक्रिया