काठमाडौं, १७ असोज । मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षा हुने जनाएको छ। देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेकाले साधारणतया बदली रहने छ ।
आज बिहान जारी बुलेटिनमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू(भागहरू र मधेश प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। आज राती पनि कोशी प्रदेश,मधेश प्रदेश,बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। अन्य स्थानमा भने मध्यम वर्षा हुने महाशाखाको भनाई छ।
यसैबिच विभागले १७ जिल्लामा असोज १८ गतेदेखि २० गतेसम्म उच्च सतर्कता अपनाउन अनुरोध छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू(भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा जलवाष्प युक्त मनसुनी वायु प्रवेश गरेर आगामी असोज १७ गते बाट असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ।








प्रतिक्रिया