सडकमा प्रहरीलाई अभद्र व्यवहार गर्ने समातिए

काठमाडौं, १५ असोज ।  सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ छन् ।
काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी काठमाडौंको बबरमहलमा बस्दै आएका थिए । उनले सडकमा खटिएका प्रहरीमाथि अपशब्द बोलेको भिडियो ‘भाइरल’ भएको थियो ।

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार  ०७ : ४४  बजे