साढे ५ लाख बढी मानिसले काठमाडौं उपत्यका छाडे

काठमाडौं, १४ असोज । काठमाडौं उपत्यकाबाट बडादशैंको चहलपहल शुरु भएसँगै साढे ५ लाख बढी मानिसहरु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापनादेखि मंगलबार बिहानसम्म ५ लाख ५३ हजार २ सय ६१ जनाले काठमाडौं उपत्यकाबाट बाहिरिएको जनाएको हो। काठमाडौं उपत्यका छोड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ।

यात्रुको सहजता, सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय भएको प्रहरीले बताएको हो । ट्राफिक प्रहरीहरु २४ सैं घण्टा सडकमा खटिएको छन् । साथै दशैंको अवधिमा काठमाडौं उपत्यकामा ७२ हजार ४१ वटा सवारी साधनबाट २ लाख ८५ हजार ३ सय ८ जना यात्रुहर भित्रिएका छन् ।

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार  २० : २३  बजे