काठमाडौं, ९ असोज । पर्सामा गोली चल्दा एक किशोर घाइते भएका छन्। घाइते हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाका अन्दाजी १६ वर्षीय गोलु आलम धुनिया रहेका छन्। तिघ्रामा गोली लागेर घाइते भएका उनको अहिले वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार छिपहरमाई नगरपालिका(५ भिस्वा बजारस्थित गाउँपालिका कार्यालय पछाडिको सडकमा बिहीबार साँझ दुई समूह बीचको झडपका क्रममा चलाइएको गोली लागेर उनि घाइते भएका हुन्। आलमलाई कसले र किन गोली हानेको भन्ने बारेमा अहिलेसम्म खुल्न सकेको छैन। घटनाको विस्तृत विवरण आउन भने बाँकी छ। पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले भिस्वामा गोली चलेको पुष्टि गर्नुभयो। गोली लागेर अन्दाजी १६÷१७ वर्षका गोलु आलम घाइते भएको र उनको अहिले नारायणी अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । घाइते आलमको अवस्था खतरामुक्त रहेको उहाँले बताउनुभयो । गोली प्रहार गर्नेहरूको खोजी भइरहेको उहाले जानकारी दिनुभयो ।
12
Shares








प्रतिक्रिया