काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबाट मात्रै संविधान संशोधन गर्न सकिने बताउनुभएको छ। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनमा अभिव्यक्त सबै काम अन्तरिम सरकारले गर्न नसक्ने स्पष्ट पार्नुभएको हो । संविधान संशोधन गरेर शासकीय स्वरुपलगायतका विषयमा बहस चलिरहेका बेला प्रधानमन्त्री कार्कीले यो सरकारले संविधान संशोधन गर्न नसक्ने बताउनुभएको हो । आन्दोलनमा क्रममा उठाइएका कतिपय विषयहरू सरकारको भन्दा बाहिर भएकाले निर्वाचनमा सहभागी भएर संवैधानिक तरिकाले संशोधन गर्न आह्वन गर्दछु, उहाँले भन्नुभयो , अन्तरिम सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्दैन। त्यसका बाबजुद हामीले अधिकतम प्रयास गर्छौं।प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूको मुख्य माग भ्रष्टाचार र सुशासन रहेको बताउँदै सरकार त्यसप्रति जिम्मेवार भएर लाग्ने बताउनुभयो ।
18
Shares








प्रतिक्रिया