माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना घाइते

काठमाडौं, ५ असोज ।  काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो । स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।

 

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार  १० : ५१  बजे