तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना घाइते

काठमाडौँ । काठमाडौँको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो।

दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।  माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो। स्थानीयका अनुसार बाइकलाई जोगाउन खोज्दा भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार  १० : १३  बजे