काठमाडौं, १ कात्तिक । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो हिमाली र पहाडी भूभागका साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा देशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लागेको छ। राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया