धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङ, २४ भदौ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा गल्छी गाउँपालिका–५ का दिनेश तामाङ र हरी तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ भदौ २०८३, बुधबार  १४ : १२  बजे