राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजाआराधना

काठमाडौं, २३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ।

राष्ट्रपति पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजाआराधना गर्नुभएको हो।

पूजाअर्चनापछि उहाँले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको छ।

प्रकाशित मिति: २३ भदौ २०८३, मंगलबार  १३ : ३३  बजे