सरकारको नयाँ निर्णय : २२ र २३ गते सार्वजनिक बिदा दिएसँगै लगातार ५ दिन छुट्टी

काठमाडौं, १८ भदौ । सरकारले यही २३ भदौमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

गत वर्ष भएको जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएका शहीदको स्मरणमा सरकारले २३ भदौमा ‘जेन–जी शहीद दिवस’ मनाउने निर्णय गर्दै गरेको हो ।

त्यस्तै, बैठकले रसुवा बाढीले पुर्याएको क्षतिमा ज्यान गुमाएकाहरूको सम्मानमा २२ भदौमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १८ भदौ २०८३, बिहिबार  १६ : ४२  बजे