त्रिशूली–३ ‘बी’को भवनका भग्नावशेष अझै फेला परेनन्

काठमाडौं, २१ भदौ । भदौ १० गते आएको भोटेकोशी बाढीमा पुरिएको त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धार तथा खोजी कार्य १२औँ दिनमा पनि जारी रहेको छ।

आयोजनाका अनुसार हाल तीनवटा मिनी एक्स्काभेटर प्रयोग गरी उत्खनन भइरहेको छ। थप तीनवटा ठूला एक्स्काभेटर परिचालन गर्न सुरुङ खाली गर्ने र आवश्यक पहुँचमार्ग तयार पार्ने कामसमेत भइरहेको छ।

विभिन्न चुनौतीका बीच सम्बन्धित निकायसँग समन्वय गरी जेसीबी ब्रेकरलगायत उपलब्ध उपकरण प्रयोग गरेर खोज तथा उत्खनन कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ।

तर, हालसम्म आयोजनाको भवनका मुख्य भग्नावशेष तथा संरचनाका महत्वपूर्ण भागहरू फेला पर्न सकेका छैनन्। उद्धार तथा खोजी कार्य भने निरन्तर जारी रहेको जनाइएको छ।

प्रकाशित मिति: २१ भदौ २०८३, आइतबार  २० : २२  बजे