काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७५२ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो १ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीमा बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
यस्तै, बाढीपछि अझै २ हजार ५०२ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। सम्पर्कविहीनको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।











प्रतिक्रिया