जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी : प्रधानमन्त्री ओली

काठमाडौं, १५ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय भाव जगाउने गरी सामाजिक सञ्जालमा लेख्नुभएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरा समेटिएको नेपाली नक्सा (चुच्चे नक्सा) माथि राष्ट्रिय झण्डा राखिएको तस्वीरसहित लेख्नुभएको छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। जय जय– नेपाल।’ सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी रहेका बेला तथा चीन–भारत लिपुलेक सहमतिप्रति…