सुरु भयो काँग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा सदस्यहरूले धारणा राखिरहेका छन् । कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मत मिल्न सकेको छैन ।

कांग्रेसका महामन्त्री गगन थापाले आगामी १६ पुसदेखि महाधिवेशन गर्ने तालिका पेस गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले अर्को वर्षको २७ वैशाखदेखि महाधिवेशन गर्ने तालिका पेस गरेका छन् । गत २८ असोजदेखि कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बुधबार  १२ : ५३  बजे