काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा ठूलो जनसभा आयोजना गर्ने बताएका छन् ।
आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्ने बताएका हुन् ।
जनसभाबाट जनता कसको साथमा छन् भन्ने देखाउने उनको भनाइ छ । जनता कहिले पनि हिंसा, अराजकता र लुटपाटको साथमा हुन नसक्ने उनले स्पष्ट पारे ।
प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने सावित गर्नका लागि आफूहरूले जनसभा गर्न लागेको उनको भनाइ छ ।








प्रतिक्रिया