काठमाण्डौका चक्रपथ र चक्रपथभित्रका धेरै ठाउँमा दुई महिनासम्मका लागि प्रदर्शन गर्न रोक

काठमाडौं, १९जेठ ।  काठमाण्डौका चक्रपथ र चक्रपथभित्रका धेरै ठाउँमा दुई महिनासम्मका लागि प्रदर्शन गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले अत्यावश्यक सेवा, शान्तिसुरक्षा र यातायातमा अवरोध पुगेको भन्दै अनशन, धर्ना, जुलुस र सभाजस्ता विरोध कार्यक्रम गर्न रोक लगाएको हो ।

प्रशासनले प्रदर्शनको लागि बल्खु, सिफल चौर र कोटेश्वर आकासे पुलदेखि दक्षित बालकुमारीतर्फको क्षेत्रमा मात्रै विरोधका कार्यक्रम गर्न पाइने जनाएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, सोमबार  ११ : ३०  बजे