अमेरिकी राष्ट्रपति ट्रम्प र सीबीचको उच्चस्तरीय भेटवार्ता सकियो

काठमाडौं, १३ कात्तिक ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिङपिङबीचको भेटवार्ता सकिएको छ । उच्चस्तरीय भेटवार्तामा दुई नेताबीच कुनै पनि किसिमको व्यापार सम्झौता नभएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्प र सीबीच दक्षिण कोरियामा भेट भएको हो । यसअघि दुई नेताबीचको भेटपछि व्यापार तनाव हट्ने अपेक्षा गरिए पनि कुनै सम्झौता नहुँदा तनाव झन् बढ्न सक्ने अनुमान गरिएको छ ।

वार्ताबाट ठोस परिणाम ननिस्कँदा अमेरिका–चीनबीचको प्रतिस्पर्धा फेरि बढ्ने देखिएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, बिहिबार  १२ : ४७  बजे