काठमाडौं, १२ कात्तिक । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, पाउन्डसतिका केही मुद्रा भने सस्तिएका छन्।आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा थियो। त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९७ पैसा छ। हिजो युरोपियन युरो १ को खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७८ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ७९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७६ पैसा थियो। त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४५९ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६१ रुपैयाँ ६६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४५९ रुपैयाँ ६० पैसा र बिक्रीदर ४६१ रुपैयाँ ५६ पैसा थियो। आज बहराइन दिनार १ को खरिदर ३७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ३६ पैसा थियो। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।








प्रतिक्रिया