विप्लवको नेतृत्वमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न निर्वाचन आयोगमा प्रस्ताव

काठमाडौं, ११ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ का नेतृत्वको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ ना राख्न प्रस्ताव गरेका हुन् ।

आफूहरूले संसदीय राजनीतिमा सहभागी हुनको लागि दल दर्ता गर्न आएको प्रवक्ता प्रकाण्डले बताए । उनले भने, ‘निर्वाचनको लागि हाम्रो लागि नयाँ अभ्यास हो । नेपालको राजनीतिक आन्दोलनमा नयाँ दृष्टिकोणसहित हामी आएका हौँ । जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने विधि निर्वाचन भएकाले हामी आएका हौँ ।’

प्रकाशित मिति: १२ कार्तिक २०८२, मंगलबार  १४ : ३८  बजे