इन्टरविरूद्ध एकपक्षीय नतिजासहित पीएसजीले रच्यो इतिहास, पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ, १८ जेठ । पेरिस सेन्ट जर्मेइन ९पीएसजी० ले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।

पीएसजीका डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे । पीएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

यसअघिको सन् २०२० मा पीएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो । त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो । इन्टरले यसअघि तीन पटक उपाधि जितेको थियो ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, आइतबार  ०७ : १२  बजे