काठमाडौं, ४ कातिक । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ३९ पैसा र बिक्रीदर १४० रूपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६३ रूपैयाँ ६० पैसा र बिक्रीदर १६४ रूपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रूपैयाँ २७ पैसा र बिक्रीदर १८९ रूपैयाँ सात पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ आठ पैसा र बिक्रीदर १७७ रूपैयाँ ८४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ११ पैसा र बिक्रीदर ९१ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ पाँच पैसा र बिक्रीदर १०० रूपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ४४ पैसा र बिक्रीदर १०८ रूपैयाँ ९० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७१ पैसा र बिक्रीदर १९ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाईभाट एकको खरिददर चार रूपैयाँ २९ पैसा र बिक्रीदर चार रूपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ २२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ २२ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८७ पैसा र बिक्रीदर नौ रूपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ८९ पैसा र बिक्रीदर १४ रूपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ९१ पैसा र बिक्रीदर २२ रूपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार हङ्कङ डलर एकको खरिददर १८ रूपैयाँ सात पैसा र बिक्रीदर १८ रूपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रूपैयाँ ७६ पैसा र बिक्रीदर ४६० रूपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रूपैयाँ, ओमनी रियाल एकको खरिददर ३६४ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३६६ रूपैयाँ १९ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।








प्रतिक्रिया