काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।
यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।








प्रतिक्रिया