पेरिसकाे लुभ्रे संग्रहालयमा लुटपाट

पेरिस । मध्य फ्रान्समा रहेको लुभ्रे संग्राहलयमा लुटपाट भएको छ । लुटपाटपछि संग्रहालय बन्द गरिएको फ्रान्सका संस्कृति मन्त्रीले भनेका छन् । यस घटनामा कसैलाई पनि चोटपटक लागेको रिपोर्ट नआएको रचिदा दातीले सामाजिक सञ्जालमा एउटा पोष्टमा लेखेकी छिन् ।

संग्राहलयका टोली र प्रहरीका साथमा आफू घटनास्थलमै रहेको र यसबारे छानबिन भइरहेको पनि उनले बताइन् । असाधारण कारणले गर्दा आज संग्राहलय बन्द रहने भन्दै माइक्रोब्लगिङ वेबसाइट एक्समा संग्राहलयले पोष्ट गरेको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०८२, आइतबार  १६ : १९  बजे