काठमाडौँ, ३१ असोज । नेकपा एमाले केन्द्रीय कमिटीको जारी बैठक शुक्रबार बिहान ८ बजे शुरु हुँदैछ। ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन बिहीबार १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। । यसअघि पहिलो दिन बुधबार ५० केन्द्रीय सदस्यले धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि आज पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने छन्। त्यसपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको जवाफ दिएर बैठक समापन गर्नेछन्।अध्यक्ष ओलीले ओलीले बुधबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औँ महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो ।
12
Shares








प्रतिक्रिया