काठमाडौं, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
उनका अनुसार, सोही बैठकबाट पार्टीको महाधिवेशन तय गर्ने निर्णय पनि भएको छ । ‘केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्र्तिक २७ र २८ गते । उक्त बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय भएको छ,’ बैठकका निर्णय सुनाउँदै लिङ्देनले भने । साथै, छठ पर्वपछि देशभर जनसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।








प्रतिक्रिया