अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सचिवालय बैठक स्थगित

काठमाडौं, २५ असोज । आज बस्ने भनिएको नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको हो ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज अध्यक्ष ओलीले आराम गर्नेछन् र भोलि (आइतबार) बैठक बस्नेछ । बैठक शुक्रबार पनि भुक्तपुर गुण्डुस्थित ओली निवासमा बसेको थियो ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार  १२ : १६  बजे