राष्ट्रपतिले बोलाएको छलफलमा प्रचण्ड सहभागी नहुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सरकार र राजनीतिक दलहरूको बैठकमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा हुने छलफलमा संयोजक प्रचण्ड सहभागी नहुने मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । माओवादी केन्द्रबाट पूर्ववरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी हुने छन् ।

‘राष्ट्रपतिले बोलाएको छलफलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन जानुहुन्छ, प्रचण्ड जानुहुन्न’, उनले भने । जेनजी आन्दोलनपछिको अवस्था र घोषित निर्वाचनको वातावरण बनाउने विषयमा राष्ट्रपति पौडेलले शुक्रबार सरकार र राजनीतिक दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार  १६ : ३२  बजे