काठमाडौँ, २३ असोज । काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २४ गते भएको सार्वजनिक र नीजि सम्पत्ति तोडफोडमा संलग्नलाई कारबाही नगर्ने गृह मन्त्रालयले भनेको भन्दै आपत्ति जनाएको छ ।बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गृह मन्त्रालयको यो कार्यले सरकार नै शान्ति सुरक्षा कायम गर्न इच्छुक नदेखिएको प्रस्ट भएको निष्कर्ष निकालेको छ ।
बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले गृह मन्त्रालयले २४ गतेको तोडफोडमा संलग्नलाई कारबाही नगर्न दिएको दबाबबारे पार्टीको गम्भीर असहमति रहेको निष्कर्ष बैठकमा निकालिएको जानकारी दिनुभयो । ‘गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा अराजकता मच्चाइयो । निजी र सार्वजनिक सम्पत्ति ध्वस्त पारियो । त्यो घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्नेमा नेताहरूको समान दृष्टिकोण आएको छ,’ बैठकपछि प्रवक्ता डा.महतले सञ्चारकर्मीहरूसँग भन्नुभयो – ‘गृह मन्त्रालयले नै घटनामा संलग्नलाई कारबाही नगर्न दबाब दिएको कुरा आएको छ । त्यसमा पार्टीको गम्भीर असहमति छ ।’
कांग्रेसले कसरी घटना हुन गयो ? को को दोषी छन् ? छानबिन गरी कारबाही गर्न माग गरेको छ । सरकारको यो गतिविधिले निर्वाचन हुन नसक्ने कांग्रेसले बताएको छ । सरकार निर्वाचनप्रति गम्भीर नभएको देखिएको प्रवक्ता डा.महतले बताउनुभयो ।








प्रतिक्रिया