निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेले देशमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको बताएका छन् । राष्ट्रसामु नयाँ चुनौती थपिएको उल्लेख गर्दै उनले त्यसको सामना गर्नुको विकल्प नरहेको प्रस्ट पारे ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।’

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार  ०९ : ११  बजे