युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे विजयी

पोखरा, १३ जेठ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा थेबे दोस्रो पटक अध्यक्ष निर्वाचित हुनुभएको हो ।

पोखरा सभागृहमा आज बिहानदेखि भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो ।

थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याउनुभयो । थेबे १८८ मतान्तरले विजयी बन्नुभएको हो । अन्य उपाध्यक्ष, महासचिव र उपमहासचिव पनि थेवेकै प्यानलले जितेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, मंगलबार  १९ : ५२  बजे