पोखरा, १३ जेठ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ । आज बिहान १०ः३० बाट पोखरा सभागृहमा सूरू भएको निर्वाचन ४ बजे सम्पन्न भएको हो ।
महाधिवेशनको प्रतिनिधि १ हजार ७ सय ६४ जना भएपनि १ हजार ४ सय ४ जनाले मात्रै मतदान गरेका छन् । केही समयमै मतगणना सुरु हुने निर्वाचन कमिटीले जनाएको छ ।
निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् ।
पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् । महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।
मुचुल्का तयार पारी डेढ घण्टा पछि मतगणना सुरू गर्ने निर्वाचन समितिको तयारी छ । जेठ ९ गते शुक्रबारबाट सुरू भएको युवा संघको दशौं महाधिवेशन आज सम्पन्न हुन लागेको हो ।
प्रतिक्रिया