चितवन, १३ असोज । दसैँको समय यहाँको सुरक्षा व्यवस्था व्यवस्थापनको लागि जिल्ला सुरक्षा समितिले मुख्य चार क्षेत्र निर्धारण गरेर सुरक्षा कामको थालनी गरेको जनाएको छ ।
जिल्ला सुरक्षा समितिले मुख्य गरि दैनिक पहिरो खसेको कारण नारायणगढ हुँदै काठमाडौं जाने राजमार्ग क्षेत्र, जिल्ला र देशका अन्य कारागारबाट भागेका कैदीबन्दीका कारण हुनसक्ने सुरक्षा जोखिमलाई मुख्य सुरक्षा जोखिमको रुपमा लिएको छ ।
त्यसैगरि जिल्लाका अन्य सडकहरुमा सवारी साधन नपाउँदा यात्रु धेरै बोक्ने, मादकपदार्थ सेवन गरि यातायातका साधन चलाउँदा हुनसक्ने दुर्घटना र चाडपर्वको समयमा जुवातास लगायतका समुदायमा हुनसक्ने झैझगडालाई मध्यनजरी गरि चाडपर्वको सुरक्षा क्षेत्र तोकेर प्रहरी खटाएको जनाइएको छ ।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले यसपाली अन्य वर्षभन्दा बढी सुरक्षा चुनौती हुनसक्ने आँकलन गरिएको बताउनुभयो । जिल्ला सुरक्षा समितिले सुरक्षा जोखिम आँकलन गरेर धेरै वर्षसम्म नियमित विदा नबसेकाबाहेक सुरक्षाकर्मीलाई दसैँ विदामा पनि नपठाएर सुरक्षामा खटाइएको बताउनुभएको छ ।
उहाँका अनुसार जेनजी आन्दोलनको क्रममा चितवनको कारागारबाट भागेका ७ सय २० मध्ये १ सय ७० जना कैदीबन्दी अझै पनि समुदायमा नै छन् भने, अन्य जिल्लाका कारागारबाट भागेका कैदीबन्दी पनि समुदायमा भएका हुनाले पनि थप सुरक्षा जोखिमको आँकलन छ ।
चाडपर्वको समयलाई लिएर पूर्वाग्रह साँध्ने, चोरी तथा लुटपाटका घटना हुनसक्ने जोखिमलाई मध्यनजर गरेर २४ घण्टा नै प्रहरी दुईदेखि ५ मिनेटको समयमा पुग्ने गरि तयारी अवस्थामा राखिएको बताउनुभयो । त्यसैगरि राजमार्गको जोखिमलाई मध्यनजरी गरी जनपथसँगै सशस्त्र प्रहरीको टोली समेत तैनाथ अवस्थामा २४ घण्टा नै मुग्लिन नारायणगढसँगै काठमाडौँ जाने राजमार्ग क्षेत्रमा खटाइएको जानकारी दिनुभयो ।
आज पनि नारायणगढ मुग्लिन सडकमा पहिरो खस्दा बाटो अवरुद्ध छ । गएको महिना दिनअघिदेखि राजमार्गको विभिन्न ठाउँमा माथिबाट ढुङ्गा खस्ने, सुख्खा पहिरो खसिरहने कारणले दुर्घटना, बाटो अवरोध लगायतका जोखिम र यात्रुले हैरानी पाउने अवस्था पनि भइरहेको छ ।








प्रतिक्रिया