काठमाडौं, १३ असोज । पाकिस्तानलाई हराउँदै भारतले नवौँपटक एसिया कपको उपाधि जितेको छ।गएराति भएको एसिया कप २०२५ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले जित्दै भारतले उपाधि हात पारेको हो।
भारतले यसअघि सन् १९८४, १९८८, १९९०–९१, १०९५, २०१०, २०१६, २०१८ र २०२३ मा पनि एसिया कपको उपाधि जितेको थियो।पाकिस्तानले दिएको १ सय ४७ रनको लक्ष्य भारतले २ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो।
भारतका लागि तिलक बर्माले ६९ रनको अविजित पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
भारत एक समय ४ ओभरमा ३–२० को अवस्थामा थियो। चौथो विकेटका लागि सञ्जु सामसन र तिलकले ५७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। सञ्जु सामसनले २४ रन थपे। रिंकु सिंह २ रनमा नटआउट रहे। शिवम दुवेले ३३ तथा शुभमन गिल १२ रन बनाउँदै पेभेलियन फर्के।पाकिस्तानका लागि फहिक असरफले ३ विकेट लिए। शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि दुवई क्रिकेट रगंशालाामा भारतले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको पाकिस्तानले १९।१ ओभरमा १ सय ४६ रन बनाउँदा अलआउट भयो।पहिलो विकेटका लागि ओपनर जाहिबजादा फरान र फखर जमानले ८४ रनका उत्कृष्ट साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाएका थिए।
ओपनर जाहिबजादा फरानले सर्वाधिक ५७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। फखर ४६ रनका आउट भए। तेस्रो नम्बरमा ब्याटिङमा आएका सैम अयुबले १४ रन थपे।त्यसपछि पाकिस्तानको ब्याटिङ लाइन ध्वस्त हुँदा विशाल योगफल बनाउने सुन्दर मौका टोलीले गुमायो। पाकिस्तानका ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। भारतका लागि कुलदिप यादवले ४ विकेट लिए। जसप्रित बुमराह, वरुण चक्रवती र अक्षर पटेलले समान २ विकेट लिए।








प्रतिक्रिया