एमाले सचिवालयको बैठक बस्दै

वजेट र विधानअधिवेशन वारे छलफल हुने

काठमाडौं ११ जेठ । नेकपा एमालेले आज केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीका अनुुसार दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पार्टीले अघि सारेका कार्यक्रम र बजेट समेट्ने विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशको समग्र राजनीतिक र सरकारका कामका बारेमा जानकारी गराउनुहुनेछ ।

यसैगरी उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट निर्माणका आधार र पार्टीले अघि सारेका कार्यक्रममा बजेटले समेट्न सक्ने विषयका बारेमा जानकारी गराउने कार्यक्रम छ ।

एक पदाधिकारीले दिएको जानकारी अनुसार पार्टीको आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीका बारेमा छलफल गर्ने कायसुची छ । विधान महाधिवेशनमा समेट्नु पर्ने नयाँ विषय,यसको तयारीका लागि विभिन्न उपसमिती बनाएर नेताहरुलाई जिम्मेवारी दिने पनि तयारी रहेको ति पदाधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, आइतबार  ०७ : ४३  बजे