काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरू सफल नहुने बताएका छन् ।
आज बिहान निजी निवास महाराजगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले फेरि पार्टीहरू जागरूक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताए । कांग्रेस पुनः माथि उठ्ने उनको भनाइ छ ।
भएका कतिपय कमजोरी त्रुटिहरूलाई पनि समीक्षा गरेर अघि बढ्ने उनले बताए । पार्टी कार्यालय र नेताहरूको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नगुमाएको र पुनः जागरूक भएर उठ्ने अठोट उनले व्यक्त गरे ।
प्रवक्ता महतले राजनीतिक दलहरूलाई थिलथिलो पार्ने षड्यन्त्रअनुसार काम गरिएको भन्दै ठुलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरू निर्माण भएको बताए । नेपाललाई विकास निर्माण र रोजगारीको दिशामा लैजाने बारेमा कांग्रेसले गम्भीर चिन्तन गर्ने उनले बताए ।








प्रतिक्रिया