आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ, १२ असोज । राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रूपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रूपैयाँ २६ पैसा र बिक्रीदर १६५ रूपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १८९ रूपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ०८ पैसा र बिक्रीदर १७७ रूपैयाँ ८३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९२ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०१ रूपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रूपैयाँ ९५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ८५ पैसा र बिक्रीदर १९ रूपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३९ रूपैयाँ ०३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ३९ पैसा र बिक्रीदर चार रूपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३३ रूपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०४ पैसा र बिक्रीदर १० रूपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५ रूपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ १४ पैसा र बिक्रीदर २२ रूपैयाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ २१ पैसा र बिक्रीदर १८ रूपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रूपैयाँ २७ पैसा र बिक्रीदर ४६५ रूपैयाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ४९ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार  ०७ : २८  बजे