जेनजीको मर्म अनुसार काम गर्न नसकेको भन्दै हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, ११ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्नुभएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकबाट साम्पाङ अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीको राजीनामा माग गनुभएको हो । उहाँले जेनजीको मर्म अनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ । साथै उहाँले जेनजीको मागहरु एक एक आफूले पूरा गर्ने बताउनुभएको छ । उहाँले लेख्नुभएको छ ‘सुशिला जी, तपाइँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन , राजिनामा दिनुस् ,म गर्छु उनीहरुको माग पूरा एक एक गरेर ’
बिहानै हर्क साम्पाङले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा साम्पाङले यसअघि जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बनाइदिन अनुरोध गर्दै आइरहनुभएको थियो ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार  ०८ : ४७  बजे