जेनजीलाई मोहरा बनाएर मुलुक जलाइयो : सूर्य थापा

काठमाडौं, १० असोज । नेकपा (एमाले)का नेता सूर्य थापाले पार्टीभित्रको कथित पुनर्गठन र रूपान्तरणको नाममा मुलुकमा अराजकता फैलाउने प्रयास भएको टिप्पणी गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै नेता थापाले जेनजीलाई मोहरा बनाएर देशमा आगजनी र अपमानजनक गतिविधि मच्चाइएको टिप्पणी गरेका हुन् ।

थापाले लेखेका छन्, ‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगरौं ! जेनजीलाई मोहरा बनाएर मच्चाइएको आगजनी र अपमान किमार्थ अनुकरणीय छैन ।’

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार  ०९ : ४९  बजे